Archive for the 'नेपाली भाषामा' Category

नेपाली भाषामा लेखिएका ब्लगहरु समाविष्ट

बार्ता देखेर बिदेशीहरु अचम्म: महरा

Posted by admin on 3rd November 2006

कृष्ण अधिकारी
नेपालगन्ज १७ कार्तिक , नेपालमा सत्तारुढ सात दल र माओबादीका शिषर्स्थ नेताहरु बिच मध्यस्तकर्ता बिनानै  हार्दिकता पूर्बक बार्ता भइरहेको देखेर बिदेशीहरु अचम्ममा परेको माओबादीका प्रबक्ता कृष्ण बहादुर महराले बताएका छन ।

पहिलो पटक बिदेश भ्रमण गरेर स्बदेश फर्किए लगत्तै बाके जिल्लाको कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा  महराले भने संसार मै नभएको शसस्त्र युद्ध गरिरहेको पार्टीको अध्यक्ष नै सत्तारुढ सात दल  शिषर्स्थ नेताहरु संग प्रधानमन्त्रि कै निबासमा पुगेर पटक पटक हार्दिकता पूर्बक बार्ता गरेको देखेर बिश्बका चर्चित द्धन्द बिशेषज्ञहरु पनि छक्क परेका छन । धेरै बिदेशीहरुले सोधे यो कसरी सम्भब भयो भनेर।

हिजोका दिन सम्म एक अर्कालाई देख्न पनि नसक्ने पार्टिका नेता र सरकार बिच बिदेशीहरुको मध्यस्तता बिना नै बार्ता गरेर सकारात्मक यति छिटटै तिमीहरु कसरी निकाशमा पुग्ने अबस्थामा आइपुग्यौं आफुलाई धेरै बिदेशीहरुले यस्तै प्रश्न सोध्ने  उनले बताए ।

एकातर्फ बिदेशीहरुको प्रश्न त्यस्ता छन भने आम नेपालीहरुले भने बार्तामा ढिलाइ भइ रहेको गुनासो गरेका छन । बार्ताबाटै निकाश निकाल्नु पर्छ भन्ने कुरामा सात दल र माओबादी अत्यन्तै गम्भिर ढंगबाट लागेको स्पष्ट पार्दै माओबादी बार्ता टोलीका संयोजक समेत रहेका महराले भने बार्ता प्रकृयामा केहि ढिलाइ भए पनि अब छिट्टै हुने शिषर्स्थ नेताहरु बिचको बार्ता पछि सकारात्मक निश्कर्षनिस्कने आशा हामीले  गरेका छौ ।

हामी संबिधान सभाको चुनाब गरेर देशलाई शान्ति,अग्रगमन र लोकतन्त्र स्थापना गर्नु पर्छ भन्ने कुरामा सहमत छौ। अहिलेको बिबाद र झगडा भनेको कसरी शान्तिपूर्ण रुपमा संबिधान सभाको चुनाब गर्ने भन्ने हो। त्यसैका लागि दुबै पक्षलाइ मान्ने हुने गरी नेपाली सेना र माओबादी सेनाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा हामी  गम्भिर ढंगले तयारी गरी रहेका छौ अब हामी छिट्टै सकारात्मक निश्कर्षा पुग्छौ बार्ता टोलीका संयोजक  महराले बिश्बस्त हुदै भने ।

सातदलका नेता र माओबादी बिच भइरहेको आरोप प्रत्यारोपलाई स्बभाबिक रुपमा लिन आग्रह गर्दै उनले भने यस्ता आरोप प्रत्यारोपले बार्ता भाडिदैन तर अब हामीले लाइ आरोप प्रत्यारोपलाई कम गर्दै लैजानु पर्छ ।

माओबादी अध्यक्ष प्रचण्डले भारतिय राजदुतलाई भेटेर पार्टीका धारणाहरु प्रष्ट रुपमा राखेको जानकारी दिदै  उनले  नेपालको शान्ति प्रकृयालाई सकारात्मक दिशामा अगाडि बढाउनका लागि भारतलाई आफ्नो स्बार्थ भन्दा माथि उठेर सहयोग गर्न आग्रह गरेको बताए।

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

डाक्टरहरु सम्मेलन र गोष्ठिमा: रोग प्रभाबित क्षेत्रमा औषधी र डाक्टरको अभाव कायमै

Posted by admin on 1st November 2006

कृष्ण अधिकारी

नेपालगन्ज, १४ कार्तिक: बाँके जिल्लाको राप्ति पारीका चारवटा गाविसमा फैलिएको अज्ञात रोगबाट ३६ जनाको मृत्यु र पाँच सय भन्दा बढी प्रभावित भए पनि उक्त क्षेत्रमा अझै प्रयाप्त संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।

मंगलबार नेपालगन्जमा आयोजित माओवादी निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय भेला र मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको समिक्षा गोष्ठिकमा भाग लिन दर्जनौं डाक्टर र स्वास्थ्यकर्मीहरु  व्यस्त थिए ।

विरामीले डाक्टरको अभावमा ज्यान गुमाउनु परेपनि, स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. महेश मास्के र दुई दर्जन भन्दा बढी चिकित्सकहरु जनस्वास्थ्यको समिक्षा गोष्ठि र माओवादीको कार्यक्रममा भाग लिई गरिबीको रेखामुनी रहेका जनतासम्म स्वास्थ्यसेवा पुर्‍याउने भाषण गर्दै थिए । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

जग्गा फिर्ताः माओवादीको टाउको दुखाइ

Posted by admin on 13th October 2006

कृष्ण अधिकारी

माओवादीले कब्जा गरेको र्सवसाधारणको जग्गा उनीहरूलाई नै फिर्ता गर्ने भनी सात दलसँग केन्द्रमा पटकपटक भएको सहमति बर्दियामा माओवादीका स्थानीय नेताका लागि टाउको दुखाइ बनेको छ । केन्द्रका विरुद्ध बोल्न उनीहरू सक्तैनन् तर बन्दुकको भरमा कब्जा गरिएको हजारौँ बिघा जग्गा त्यसै छोड्न पनि तिनलाई मन छैन । उनीहरू अनेक बहाना बनाएर आलटाल गर्ने, देखावटी रूपमा एकदुई जनालाई जग्गा दिएजस्तो पनि गर्ने, मानिसहरू साँच्चै जग्गामा बस्न आए भने तर्साउने, धम्क्याउने र आतङ्कित पार्ने, गाउँमा टिक्न नदिने र जसरी पनि जग्गा भोगचलन गरिरहने रणनीति लिएर अघि बढिरहेका देखिन्छन् ।

जग्गा फिर्ता गर्नेबारे केन्द्रीय तहमा सहमति भएको नौ महिनापछि बल्ल गत साउन १२ गते बर्दियामा माओवादी र सात दलबीच पार्टीकार्यकर्ताको कब्जा गरिएको जग्गा फिर्ता गर्ने र विस्थापितहरूलाई ससम्मान घर फर्काउने भनी सहमति भयो । तर सोही सहमतिका आधारमा मोतिपुरस्थित आफ्नो घर फर्किएका काङ्ग्रेसी कार्यकर्ता सुशील ज्ञवालीको भदौ १ गते माओवादी कार्यकर्ताले हत्या गरे । सुशील हत्याकाण्डको विरुद्ध हजारौँ जनता सडकमा उत्रिए र माओवादीको विरोधमा खनिए । वर्षौंसम्म आतङ्कित बनाएर राखेका जनता आफ्नै विरुद्ध सशक्त ढङ्गले सडकमा उत्रेपछि उनीहरू स्तब्ध भए । त्यसपछि जनतालाई तर्साउन उनीहरूले सात दललाई चर्को गाली गरे । माओवादीका स्थानीय नेता अथकले त युद्धविराम नै भङ्ग गर्नेसम्मको चेतावनी दिए । उक्त घटनाका सम्बन्धमा सात दलले माफी नमागेसम्म वार्तामा पनि नबस्ने बताउँदै माओवादीहरू अहिले ढुक्कसँग बसेका छन् । त्यतिन्जेलसम्म कब्जा गरिएका जग्गा फिर्ता गर्ने र विस्थापितहरूलाई घर फर्काउने कुरो थन्किएकाले उनीहरूको टाउको दुखाइ केही हलुका भएको छ । बर्दियामा एमालेका उपसचिव हरि ज्ञवाली भन्छन् “सहमति कार्यान्वयनको कुरो अहिले टाढा पुगेको छ ।” Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 1 Comment »

बन्दुक बोक्ने हातमा कुचो र कोदालो

Posted by admin on 13th October 2006

कृष्ण अधिकारी

नेपालगन्ज, २५ असोजः बन्दुक बोकेर सशस्त्र युद्धमा लडेका माओबादी जनसेनाहरु कुचो र कोदालो लिएर सरसफाई अभियानमा लागेका छन् । माओवादीको नगर परिषद नेपालगन्जको आयोजनामा शुरु गरिएको सरसफाई अभियानमा माओवादीका जनमुक्ति सेनाहरु कुचो र कोदालो लिएर लागेका हुन् ।

सरसफाइ अभियानमा माओवादीको जनमुक्ति सेना, पार्टी सत्ताका कार्यकर्ताहरु विभिन्न समूह बनाई नेपालगन्ज नगरमा खटिएका छन् । माओवादीका जनमुक्ति सेना विजय, बन्दुक बोक्ने हातमा कुचो र फरुवा बोक्दा युद्ध बिराम पछि आफ्नो भुमिका बद्लिएको बताउनुहुन्छ - हामी जनताको हितको निमित्त सबै कुरा गर्र्छौं । अहिले कुचो र कोदालो बोकेर जनताको हित हुने देखेर यस अभियानमा लागेका छौं।

चार सय भन्दा बढी जनमुक्ति सेनाहरु खटिएको माओवादीको घोराही सतबरिया ब्रि्रेड कमिसार साकारले बताउनु भयो । उहाँ भन्नु हुन्छ - हाम्रो जनमुक्ति सेना जनताको सेवाको लागि हो, जनतालाई आवश्यक पर्‍यो भने बन्दुक बोक्न पनि तयार हुन्छ । तर यो सधैको लागि बन्दुक बोक्ने सेना भने होइन, जनताको सेवा गर्ने सेना हो । उहाँले जनमुक्ति सेना रक्षाको लागि मात्र होइन राष्ट्रिय र समाजको सेवाको लागि सधै निर्माण भएको बताउनु भयो । माओवादी कार्यकर्ता विपना आफुलाई नगर सरसफाई गर्दा जनताको सहयोग पाइने, शहर पनि राम्रो हुने र आफुलाई पनि राम्रो लाग्दो रहेछ । अहिले नेपालगन्जका सडकहरुमा कुचो लगायत सरसफाई गर्ने, नालीहरु सफा गर्न माओवादीका जनमुक्ति सेना लगायत कार्यकर्ताहरु खटिएर लागेका छन् । सरसफाई अभियानमा लाग्दा जनताको सहयोग र हौसला समेत पाएको माओवादीका बाँके सेक्रेटरी हिमालले बताउनु भयो ।

जनआन्दोलनको क्रममा वैशाख ५ गते भत्काइएको राजा ज्ञानेन्द्रको शालिकको भग्नावशेष समेत हर्टाई सोही ठाऊमा जनआन्दोलमा सहिद भएकी सेतु विकके शालिक  निर्माण  गरिने माओवादी जनाएको छ ।

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

माओवादीको बिरोध गर्दै बाँकेका पत्रकार आन्दोलित

Posted by admin on 11th July 2006

जानकारीकालागि

नेपालगन्ज, २७ असार: पत्रकार र मानवअधिकारकर्मीका सम्बन्धमा दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउदै नेपाल पत्रकार महासंघ बाँकेले माओबादी लाई तिन दिन भित्र पार्टीको आधिकारीक धारणा र्सार्वजनिक गर्ने र माफी माग्न  आग्रह गरेको २४ घन्टा नबित्दै  माओबादी बाँके बर्दियाका इन्चार्ज अथकले गल्ती भएको भन्दै आत्मआलोचना गरे ।

असार २१ गते खजुरामा आयोजित एक र्सार्वजनिक भेलालाई सम्बोधन गर्दै माओवादी  बाँकेका नेता तुफानले पत्रकार र मानवअधिकारवादी ‘भाट हुन’ भन्ने अभिव्यक्ति दिएका थिए ।उनले आफ्ना अनुकुल नहुने समाचार वा विचार आएकै आधारमा तल्लो स्तरमा उत्रिएर नेपालगन्जका ३ जना पत्रकारको नामनै किटेर उनीहरु लाइ भाट भन्दै गाली बेइज्यति  र चरित्रहत्या हुने गरि अभिब्यक्ति दिएका थिए ।

नेपाल पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोग, प्रेस चौतारी र बाँकेका दर्जनबढी मानवअधिकारवादी संघ संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै माओवादीको  अभिव्यक्तिको निन्दा गरे  ।

नेपाल पत्रकार महासंघ बाँकेले भेला गरी ३ दिन भित्र त्यस सम्बन्धमा आधिकारिक धारणा र्सार्वजनिक नगरे माओबादीका बिरुद्ध कडा निर्णय गरिने चेताबनी दिए पछि माओबादीले हतार हतारमा गल्ती भएको भन्दै आत्मआलोचना गरे । पत्रकारहरुलाई आफ्नो भजन मण्डली बनाउन खोज्ने मानसिकता राख्‌नु र आफ्ना अनुकुल नहुने समाचार वा विचार आएकै आधारमा तल्लो स्तरमा उत्रिएर अभिव्यक्ति दिनु माओबादीको पुरानै रोग हो ।

सोही घटनाका सम्बन्धमा माओवादीले शुक्रबार छलफलका लागि भन्दै गरेको निमन्त्रणा पनि  पत्रकारहरुले बहिष्कार गरे । माओवादीले र्सार्बजनिक रुपमा माफी नमागे सम्म छलफलमा नबस्ने भन्दै पत्रकारले निमन्त्रणा बहिष्कार गरे पछि भने माओबादी आत्तिए  महासंघ बाके का पदाधिकारी लाई एक घन्टा मै तीन पटक फोन गरे र भने यसलाइ लम्बाउन भएन  माओबादीको आग्रहलाई बेवास्था गर्दै पत्रकारहरुले माफि नमागे सम्म छलफल नै  नगर्ने अडान लिए पछि भने माओबादीको जसलाइ जे भने पनि जे गरे पनि हुन्छ भन्ने दम्भ एक पटक चकना चुर भयो ।

Posted in नेपाली भाषामा | 3 Comments »

बाकेमा ब्यापक बन बिनाश

Posted by admin on 1st July 2006

बन बिनाशमा संलग्नहरु माथि कुनै कारबाही भएन

कृष्ण अधिकारी

नेपालगन्ज । बाकेले जिल्लाको पर्ुर्बि क्षेत्रका २३ बटा सामुदायिक बन र सरकारी बन बिनाश भएको घटना र्सार्बजनिक भएको एक महिना बिति सक्दा पनि संलग्नहरु माथि सरकारले कुनै कारबाही गरेको छैन ।

माओबादीको आधार इलाका मानिने उक्त क्षेत्रमा ७ महिना यता बन माफीयाले बन कर्मचारी र माओबादीसंगको मिलेमतोमा सरकारी र समुदायीक वनबाट साल सिसौ र खयरका हरिया रुख योजनाबद्ध ढंगले काटन सुरु गरेका हुन । यो अबधिमा ९४ हजार क्यु फुट भन्दा बढी काठ काटिएको छ ।

फडानीमा वन कर्मचारी,बन माफिया ,माओबादीका केही स्थानीय नेता र उपभोक्ता समितिका पदाधिकारीको समेत मिलोमतो रहेको देखिएको छ ।

मिलोमतोमा सरकारी जंगल हस्तान्तरण गरेको ५ दिनमै वन कार्यालयले हरिया साल,सिसौ र खयर कटान अनुमति दिएको थियो । उपभोक्ताले सामुदायिक बन दर्ता गरिदिनु पर्‍यो भन्दा नगर्ने वन कार्यालयले माओबादीले तोकिदिएका ठेकेदारले भन्नासाथ सरकारी वन हस्तान्तरण गरेको थियो । माओबादीले ठेकेदारलाई सामुदायीक वनका रुख काटन दिन समूहलाई दवाव दिएकाले अनियन्त्रित वन फडानी भएको हो । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

उच्चस्तरिय जाँचबुझ आयोगको कार्यालयमा चहलपहल शुरु

Posted by admin on 11th May 2006

जितेन्द्र साह

ललितपुर , २७ वैशाख- सामान्य प्रशासन मन्त्रालयसँग जोडिएको पुल्चोकस्थित हरिहर भवनमा एक वर्षभत्रमा सरकारद्धारा गठित दुई आयोगको कार्यालय रहिसकेको छ ।

अढाई महिना अघिसम्म त्यहाँ राजाद्धारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोगको कार्यालय थियो । सर्वोच्चले अवैधानिक करार गर्दै फागुन १ मा उक्त आयोग खारेज गरेपछि एक वर्षम्म नीकै भिडभाड देखिएको उक्त भवनमा सुन्यता छायो ।

शाही आयोगका अध्यक्ष एवं सदस्यहरुको सुरक्षाकोलागि मुलद्धारदेखि कार्यालयभित्रसम्म राखिएका सुरक्षाकर्मिहरु बिस्तारै त्यहाँबाट हटाइए । अहिले त्यही भवनमा बुधबारदेखि लोकतान्त्रिक सरकारद्धारा गठित उच्चस्तरिय जाँचबुझ आयोगको कार्यालय राखिएको छ । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 4 Comments »

आतंक मचाउने सुरक्षाकर्मि कारवाहीमा

Posted by admin on 5th May 2006

जितेन्द्र साह-

सार्वजनिक स्थलमा आतंक मचाउने सुरक्षाकर्मिमाथि शुक्रबार कडा कारवाही गरिएको छ । कारबाही पर्नेमा तीन प्रहरी र शाही नेपाली सेनाका जड्याहा चालकसहित दुई सैनिक छन् ।

मादक पदार्थ सेवन गरी बिहिबार साँझ बबरमहलमा सवारी ठोक्काउने सैनिक चालकसहित केहिलाई हिरासतमा राखेर कारवाही प्रक्रिया अगाडि बढाइएको सैनिक जनसम्पक निर्देशनालयले जनाएको छ । प्युठ रवि अधिकारी र सिपाही चन्द्रबहादुर लुङ्गेली मगरलाई सैैनिक अदालतले  भविष्यमा सरकारी सेेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त र १ वर्ष कैद सजाय गरेको छ ।

स्रोतका अनुसार शुक्रबार बसेको संसदमा चर्को विरोध भएलगत्तै गृहमन्त्रीको निर्देशनमा कारबाही अघि बढाइएको हो । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 4 Comments »

गोली प्रहार बारे विशेष टोली गठन

Posted by admin on 5th May 2006

जितेन्द्र साह 

डा. हेमाङ दिक्षितमाथि भएको गोली प्रहारको घट्नाको अनुसन्धान गर्न शुक्रबार बेलुकी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआईजी दिपेन्द्र विष्टको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली गठन गरिएको छ ।

सडक र संसदमा चर्को आवाज उठेपछि सरकारले शुक्रबार दिउँसो उक्त घट्ना बारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई विशेष टोली गठन गर्न आदेश दिएको थियो  । उक्त टोलीमा सहभागी अन्य प्रहरी अधिकृतमा उपत्यका प्रहरी कार्यालयका एसएसपी शारदाभक्त रञ्जित, उपत्यका अपराध अनुसन्धान शाखाका एसपी दिपक रञ्जित, डिएसपी पिताम्बर अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण खड्का छन् । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 1 Comment »

गोलीप्रहारबाट डा. दिक्षित घाइते, प्रतिनिधि सभाको ध्यानाकर्षण

Posted by admin on 4th May 2006

- जितेन्द्र साह

काठमाडौं, २१ वैशाख- एक अज्ञात समूहले बिहिबार बिहान बानेश्वर हाइटमा काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका पि्रन्सिपल डा. हेमाङ दिक्षितमाथि गोली प्रहार गरेका छन् । उनी वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक एवं नेपाल मेडिकल काउन्सिलका वरिष्ठ सदस्य पनि हुन् ।

प्रत्यक्षदर्शीका अनुसार दुई मोटसाइकलमा सवार समूहले बिहान साढे नौ बजे डा. दिक्षितमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । घाँटिमा गोली लागेका डा. दिक्षितको सिनामंगलस्थित उक्त अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 3 Comments »

संसदीय दलको कार्यालयमा चाकडी बाजको भिड

Posted by admin on 2nd May 2006

जितेन्द्र साह-

काठमाडौं, १९ बैशाख- मन्त्रिमण्डलको गठनको प्रक्रियासँगै  सिंहदरबारस्थित संसद भवनको मुलद्धार र संसदीय दलको कार्यालयमा चाकडी बाजको फेरि जमघट शुरु हुन थालेको छ । लोकतन्त्रबादीहरुले सिंहदरबार बाहिर घेला हालेर संविधान सभाको माग गरिरहेका हुन्छन् भने  भित्रपट्ट ि’ मन्त्रिज्यू , नेताज्यू र माननीय ज्यू’ भन्दै निहित स्वार्थ लिएर आएकाहरुको भिड हुन्छ ।

उनीहरु संभावित मन्त्रि र सांसद देख्न वितिकै दगुरेर नमस्कार टक्रयाइरहेका हुन्छन् । चिल्ला गाडी, सुकिला लुगा र चहकिलो अनुहार भएकाहरु लोकतन्त्र प्राप्त भएकोमा नेताहरुलाई बधाई दिंदै छोराछोरीको जागिर र निजि कामकालागि सिफारिस गर्न भनिरहेका देखिन्छन् । ‘ सतामा पुग्नेहरुको पछि लाग्ने यो परम्परागत भिड हो,’ एक एमाले कार्यक्रताले आइतबार कान्तिपुरसँग भने,’ यी अवसरवादी हुन, यस्तैले मुलुक विगारेको हो ।’ Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 3 Comments »

दमन गर्ने विरुद्ध कारवाही एवं शहीदलाई क्षतिपूर्तिको माग

Posted by admin on 1st May 2006

जितेन्द्र साह

काठमाडौं, १८ वैशाख- माओवादी पीडित संघले सरकारसँग आन्दोलनको क्रुर दमन गर्ने विरुद्ध कारवाही, शहीद एवं घाइतेलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गरेको छ । संघका पदाधिकारीरुले सुरक्षा निकाय र आम नागरिकका परिवारलाई दिइने क्षतिपूर्तिमा गर्दै आएको विभेदिकरणको अन्त्यगरिनु पर्ने माग समेत गरेको छ ।

उनीहरुले सरकारद्धारा अबिलम्ब निशर्त संविधानसभा , युद्धविराम र वार्ताको घोषणा हुनुपर्ने बताएका छन् । माओवादीसँगको वार्ता, द्धन्द्धको अन्त्य, दिगो शान्ति र पुनस्र्थापन महत्वपूर्ण विषय भएकोले  सरकार र माओवादीबीचको वार्तामा पीडित पक्षको पनि अनिवार्य उपस्थिती हुनुपर्ने संघको अडान छ ।
माओवादी पीडितका जल्दाबल्दा समस्याको निराकरणकोलागि एक उच्च स्तरिय छानबीन समितिको गठन र दोषीलाई कारवाही गरिनु पर्ने अडान कायम रहेको संघका केन्दि्रय सदस्य ज्ञानेन्द्रराज आरणले बताए । ‘ सरकारले सुरक्षाको जिम्मा लिन नसकेको अवस्थामा लोकतन्त्रकैलागि ज्यान गुमाएका पीडितहरुलाई पनि निशर्त शहिद घोषणा गरिनुपर्छ,’ उनले कान्तिपुरसँग भने । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 2 Comments »