Archive for the 'जितेन्द्र साह' Category

उच्चस्तरिय जाँचबुझ आयोगको कार्यालयमा चहलपहल शुरु

Posted by admin on 11th May 2006

जितेन्द्र साह

ललितपुर , २७ वैशाख- सामान्य प्रशासन मन्त्रालयसँग जोडिएको पुल्चोकस्थित हरिहर भवनमा एक वर्षभत्रमा सरकारद्धारा गठित दुई आयोगको कार्यालय रहिसकेको छ ।

अढाई महिना अघिसम्म त्यहाँ राजाद्धारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोगको कार्यालय थियो । सर्वोच्चले अवैधानिक करार गर्दै फागुन १ मा उक्त आयोग खारेज गरेपछि एक वर्षम्म नीकै भिडभाड देखिएको उक्त भवनमा सुन्यता छायो ।

शाही आयोगका अध्यक्ष एवं सदस्यहरुको सुरक्षाकोलागि मुलद्धारदेखि कार्यालयभित्रसम्म राखिएका सुरक्षाकर्मिहरु बिस्तारै त्यहाँबाट हटाइए । अहिले त्यही भवनमा बुधबारदेखि लोकतान्त्रिक सरकारद्धारा गठित उच्चस्तरिय जाँचबुझ आयोगको कार्यालय राखिएको छ । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 4 Comments »

आतंक मचाउने सुरक्षाकर्मि कारवाहीमा

Posted by admin on 5th May 2006

जितेन्द्र साह-

सार्वजनिक स्थलमा आतंक मचाउने सुरक्षाकर्मिमाथि शुक्रबार कडा कारवाही गरिएको छ । कारबाही पर्नेमा तीन प्रहरी र शाही नेपाली सेनाका जड्याहा चालकसहित दुई सैनिक छन् ।

मादक पदार्थ सेवन गरी बिहिबार साँझ बबरमहलमा सवारी ठोक्काउने सैनिक चालकसहित केहिलाई हिरासतमा राखेर कारवाही प्रक्रिया अगाडि बढाइएको सैनिक जनसम्पक निर्देशनालयले जनाएको छ । प्युठ रवि अधिकारी र सिपाही चन्द्रबहादुर लुङ्गेली मगरलाई सैैनिक अदालतले  भविष्यमा सरकारी सेेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त र १ वर्ष कैद सजाय गरेको छ ।

स्रोतका अनुसार शुक्रबार बसेको संसदमा चर्को विरोध भएलगत्तै गृहमन्त्रीको निर्देशनमा कारबाही अघि बढाइएको हो । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 4 Comments »

गोली प्रहार बारे विशेष टोली गठन

Posted by admin on 5th May 2006

जितेन्द्र साह 

डा. हेमाङ दिक्षितमाथि भएको गोली प्रहारको घट्नाको अनुसन्धान गर्न शुक्रबार बेलुकी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआईजी दिपेन्द्र विष्टको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली गठन गरिएको छ ।

सडक र संसदमा चर्को आवाज उठेपछि सरकारले शुक्रबार दिउँसो उक्त घट्ना बारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई विशेष टोली गठन गर्न आदेश दिएको थियो  । उक्त टोलीमा सहभागी अन्य प्रहरी अधिकृतमा उपत्यका प्रहरी कार्यालयका एसएसपी शारदाभक्त रञ्जित, उपत्यका अपराध अनुसन्धान शाखाका एसपी दिपक रञ्जित, डिएसपी पिताम्बर अधिकारी र जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण खड्का छन् । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 1 Comment »

गोलीप्रहारबाट डा. दिक्षित घाइते, प्रतिनिधि सभाको ध्यानाकर्षण

Posted by admin on 4th May 2006

- जितेन्द्र साह

काठमाडौं, २१ वैशाख- एक अज्ञात समूहले बिहिबार बिहान बानेश्वर हाइटमा काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका पि्रन्सिपल डा. हेमाङ दिक्षितमाथि गोली प्रहार गरेका छन् । उनी वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक एवं नेपाल मेडिकल काउन्सिलका वरिष्ठ सदस्य पनि हुन् ।

प्रत्यक्षदर्शीका अनुसार दुई मोटसाइकलमा सवार समूहले बिहान साढे नौ बजे डा. दिक्षितमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । घाँटिमा गोली लागेका डा. दिक्षितको सिनामंगलस्थित उक्त अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 3 Comments »

संसदीय दलको कार्यालयमा चाकडी बाजको भिड

Posted by admin on 2nd May 2006

जितेन्द्र साह-

काठमाडौं, १९ बैशाख- मन्त्रिमण्डलको गठनको प्रक्रियासँगै  सिंहदरबारस्थित संसद भवनको मुलद्धार र संसदीय दलको कार्यालयमा चाकडी बाजको फेरि जमघट शुरु हुन थालेको छ । लोकतन्त्रबादीहरुले सिंहदरबार बाहिर घेला हालेर संविधान सभाको माग गरिरहेका हुन्छन् भने  भित्रपट्ट ि’ मन्त्रिज्यू , नेताज्यू र माननीय ज्यू’ भन्दै निहित स्वार्थ लिएर आएकाहरुको भिड हुन्छ ।

उनीहरु संभावित मन्त्रि र सांसद देख्न वितिकै दगुरेर नमस्कार टक्रयाइरहेका हुन्छन् । चिल्ला गाडी, सुकिला लुगा र चहकिलो अनुहार भएकाहरु लोकतन्त्र प्राप्त भएकोमा नेताहरुलाई बधाई दिंदै छोराछोरीको जागिर र निजि कामकालागि सिफारिस गर्न भनिरहेका देखिन्छन् । ‘ सतामा पुग्नेहरुको पछि लाग्ने यो परम्परागत भिड हो,’ एक एमाले कार्यक्रताले आइतबार कान्तिपुरसँग भने,’ यी अवसरवादी हुन, यस्तैले मुलुक विगारेको हो ।’ Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 3 Comments »

दमन गर्ने विरुद्ध कारवाही एवं शहीदलाई क्षतिपूर्तिको माग

Posted by admin on 1st May 2006

जितेन्द्र साह

काठमाडौं, १८ वैशाख- माओवादी पीडित संघले सरकारसँग आन्दोलनको क्रुर दमन गर्ने विरुद्ध कारवाही, शहीद एवं घाइतेलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग गरेको छ । संघका पदाधिकारीरुले सुरक्षा निकाय र आम नागरिकका परिवारलाई दिइने क्षतिपूर्तिमा गर्दै आएको विभेदिकरणको अन्त्यगरिनु पर्ने माग समेत गरेको छ ।

उनीहरुले सरकारद्धारा अबिलम्ब निशर्त संविधानसभा , युद्धविराम र वार्ताको घोषणा हुनुपर्ने बताएका छन् । माओवादीसँगको वार्ता, द्धन्द्धको अन्त्य, दिगो शान्ति र पुनस्र्थापन महत्वपूर्ण विषय भएकोले  सरकार र माओवादीबीचको वार्तामा पीडित पक्षको पनि अनिवार्य उपस्थिती हुनुपर्ने संघको अडान छ ।
माओवादी पीडितका जल्दाबल्दा समस्याको निराकरणकोलागि एक उच्च स्तरिय छानबीन समितिको गठन र दोषीलाई कारवाही गरिनु पर्ने अडान कायम रहेको संघका केन्दि्रय सदस्य ज्ञानेन्द्रराज आरणले बताए । ‘ सरकारले सुरक्षाको जिम्मा लिन नसकेको अवस्थामा लोकतन्त्रकैलागि ज्यान गुमाएका पीडितहरुलाई पनि निशर्त शहिद घोषणा गरिनुपर्छ,’ उनले कान्तिपुरसँग भने । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 2 Comments »

गोर्खापत्रबाट राजमुकुट गायब

Posted by admin on 26th April 2006

जितेन्द्र साह-

सशक्त सरकारी सञ्चारमाध्यमको रुपमा रहेको गोर्खापत्र दैनिकको मास्टर हेडबाट बुधबारदेखि ‘ राष्ट्र, राष्ट्रियता, राजमुकुट र प्रजातन्त्रप्रति प्रतिबद्ध’ शब्दाबली हटाइएको छ । सरकारी सुत्रका अनुसार गोर्खापत्र संस्थानको व्यवस्थापनको अनौपचारिक रुपमा मंगलबार बसेको बैठकले उक्त शब्दावली हटाउने निर्णय गरेको हो । मास्टर हेडसँग रहेको गणेशको प्रतिमालाई भने यथावत राखिएको छ ।

माघ १९ को शाही घोषणा लगतै गठन भएको मन्त्रिपरिषदका सदस्य सूचना तथा सञ्चारमन्त्री टंक ढकालले ब्यवस्थापनको बैठक विनै पत्रकार युवराज गौतमलाई सम्पादक नियुक्तगरि २०६१ चैत ५ देखि उक्त मास्टर हेड राख्न लगाएको स्राेतले जनाएको हो । र, त्यसको केेहि दिनपछि नै  ‘ गोरखापत्र’ लाई ‘ गोर्खापत्र’ भनि नामाकरण गरिएको थियो । पहिलाकै नामाकरण राख्ने बारे सल्लाह भइरहेको व्यवस्थापनले जनाएको छ । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 25 Comments »

आन्दोलको दमन र उपहास; सुरक्षा निकायद्धारा ज्यादतीको ढाकछोप

Posted by admin on 24th April 2006

जितेन्द्र साह

११ बैशाख - सात दलले लोकतन्त्र प्राप्तिकालागि लगातार उन्नाइस दिनदेखि गर्दे आएको शान्तिपूर्ण प्रदर्शनको दमन गर्न सरकारले १ सय ३६ घण्टा बढी कर्फ्यु लगाइसकेको छ । सुरक्षाकर्मिले कर्फ्युकै आडमा दिनहुँ झै लाठी चार्ज, अश्रु ग्याँस र गोली प्रहार गर्दै आएको छ । यस अवधिमा गोङबु, कलंकी र चावाहिलको ठूला प्रदर्शनमा ज्यान गुमाएका र सख्त घाइते भएका प्रदर्शनकारीलाई सुरक्षाकर्मिले बेपता पारेको र अस्पतालबाटै बलपूर्वक मृतकको शव लिएर गएको थुप्रै घट्नाहरु र्सार्वजनिक भएको छ ।

तीन वटै सुरक्षा निकायको मिलेमतोमा बर्बर दमन गरिएपनि उनीहरुले एक अर्कामाथि दोषा रोपन गरिरहेका छन् । विशाल जनसागरलाई रोक्न जनपद प्रहरीले लाठी चार्ज, अश्रु ग्याँस र रबर बुलेट हानेको देखिन्छ । शाही नेपाली सेनाको हवाई गस्तीको आडमा सशस्त्र प्रहरी बलले निर्वाध ढंगले गोली चलाउँदै आएको र्छलङ देखिएको छ । प्रदर्शनको क्रममा मृत्यु भएका १४ मध्ये ४ को सनाख्त हुन सकेको छैन भने पाँच हजारभन्दा बढि घाइते भएका छन् । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह, People's Movement | 3 Comments »

समानान्तर संघर्ष: बालबालिका पनि भन्दैछन, ‘लोकतन्त्र जिन्दाबाद’

Posted by admin on 22nd April 2006

जितेन्द्र साह

बैशाख ९ - लोकतन्त्र जिन्दाबाद! आफूलाई अझैं प्रजातन्त्रको हिमायतीको रुपमा उभ्याउँदै राजा ज्ञानेन्द्रले शुक्रबार बेलुकी गरेको शाही घोषणाले पनि यो नाराको निरन्तरतालाई रोक्न सकेको छैन । राजनीतीक दलको कार्यक्रता र र्सवसाधारणमा मात्र नभएर भर्खरै तोतेबोली बोल्न लागेको बालबालिकाको ओठमा समेत यस्ले ठाउँ पाएको छ । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह, People's Movement | No Comments »

समानान्तर संघर्ष: सेना र प्रहरीले के गर्छ ?

Posted by admin on 20th April 2006

जितेन्द्र साह

वैशाख ७ -’जनता सडकमा ओर्लिसके । सेना र प्रहरीले के गर्छ - कतिञ्जेलसम्म गोली चलाएर शासन गर्छ ?’ राजधानीको कोटेश्वरका फलफुल व्यवसायी चन्द्र दाहालले बिहिबार बुलेकी यसरी नै एक्लै सडकमा आक्रोश व्यक्त गर्दे हिंडिरहेका थिए । एक ठेलामा फलफुल बेच्दै आएका ती व्यवसायीलाई अहिले नाफा नोक्सानको भन्दा लोकतन्त्रको बढि माया छ ।’ आन्दोलनलाई मत्थर हुन दिनु  हुँदैन, लोकतन्त्रको जीतसँगै नागरिकको स्वाभिमान गाँसिएको छ,’ उनले भने,’राजनीतीक दलका नेताले फेरि पनि पहिला झैं राजाको अघिल्तिर सम्झौंताबादी चरित्र अपनाएमा त्यसको पनि विरोध हुनुपर्छ ।’ Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह, People's Movement | 3 Comments »

परिवारै आन्दोलनमा

Posted by admin on 17th April 2006

समानान्तर संघर्ष 

जितेन्द्र साह-
काठमाडौं, ४ चैत- राष्ट्रिय राजनीतीक मुलधारमा माओवादीलाई ल्याउने दृढताकोसाथ शुरु भएको सात दलको शान्तिपूर्ण आन्दोलनमा पुरा घरपरिवारै होमिन थालेका छन् । र्सवसाधारण, बटुवा, भरिया र गृहिणी समेत स्वतः स्फूर्त रुपमा पृथक ढंगले प्रदर्शन गरिरहेका छन् ।

बुद्धनगरमा स्थानीय महिलाले निकालेको थाल ठटयाउने जुलुसमा लमजुङ परेवा डाँडा-४ का कमल तिम्लिसिना पाँच वर्षी छोरी, बहिनी र श्रीमतीसहित सहभागी भए । सामान्य किराणा पसले तिम्लिसिनाकी नाबालक छोरी सृजनाले लोकतन्त्र, प्रजातन्त्र, प्रदर्शन, आन्दोलन र दमन जस्ता शब्दहरु मजाले उच्चारण गर्छिन् । आम हड्तालको बाह्रौं दिनको उक्त प्रदर्शन फरक खालको थियो । केहि दिन अघि मात्र स्थानीय शिक्षित र चेतनशील महिलाले यथास्थिति कायम रहेमा खाली झोला र थाल ठट्याएर सरकारको निरकुंशता विरुद्ध प्रदर्शन गर्ने चेतावनी दिएका थिए । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह, People's Movement | No Comments »

गृहिणी र श्रमिकले लोकतान्त्रिक पर्चा बाँडे

Posted by admin on 16th April 2006

जितेन्द्र साह-

उनी शनिबार बिहानदेखि झोलामा रंगविरंगी पर्चाहरु लिएर घरघर र टोलटोल धाइरहेका थिए । ‘ पढ्नुस, मनन गर्नुस्  र सयप्रति छपाएर बाँड्नुस,’ उनले भने,’ घरखेतबारीमा काम गर्दै लोकतान्त्रिक आन्दोलनमा सहभागी हुनुस् ।’

भक्तपुरको सूर्यविनायकस्थित एक रेष्टुरेन्टमा काम गर्ने २० वषिर्य शैलेस गुरागाईले यस्तै सन्देश दिंदै आन्दोलनमा सहभागी भएका छन् । उनले निर्धक्कसाथ बाँडिरहेको ती पर्चामा ‘ राजा ज्ञानेन्द्रलाई केहि प्रश्न ?, लोकतन्त्रको आवश्यकता किन ? र सरकारका बर्बर दमनहरु’ बारे उल्लेख गरिएको थियो । Read the rest of this entry »

Posted in नेपाली भाषामा, जितेन्द्र साह | 3 Comments »