Archive for the 'कृष्ण अधिकारी' Category

Krishna Adhikari’s blog from Nepalgunj

बार्ता देखेर बिदेशीहरु अचम्म: महरा

Posted by admin on 3rd November 2006

कृष्ण अधिकारी
नेपालगन्ज १७ कार्तिक , नेपालमा सत्तारुढ सात दल र माओबादीका शिषर्स्थ नेताहरु बिच मध्यस्तकर्ता बिनानै  हार्दिकता पूर्बक बार्ता भइरहेको देखेर बिदेशीहरु अचम्ममा परेको माओबादीका प्रबक्ता कृष्ण बहादुर महराले बताएका छन ।

पहिलो पटक बिदेश भ्रमण गरेर स्बदेश फर्किए लगत्तै बाके जिल्लाको कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा  महराले भने संसार मै नभएको शसस्त्र युद्ध गरिरहेको पार्टीको अध्यक्ष नै सत्तारुढ सात दल  शिषर्स्थ नेताहरु संग प्रधानमन्त्रि कै निबासमा पुगेर पटक पटक हार्दिकता पूर्बक बार्ता गरेको देखेर बिश्बका चर्चित द्धन्द बिशेषज्ञहरु पनि छक्क परेका छन । धेरै बिदेशीहरुले सोधे यो कसरी सम्भब भयो भनेर।

हिजोका दिन सम्म एक अर्कालाई देख्न पनि नसक्ने पार्टिका नेता र सरकार बिच बिदेशीहरुको मध्यस्तता बिना नै बार्ता गरेर सकारात्मक यति छिटटै तिमीहरु कसरी निकाशमा पुग्ने अबस्थामा आइपुग्यौं आफुलाई धेरै बिदेशीहरुले यस्तै प्रश्न सोध्ने  उनले बताए ।

एकातर्फ बिदेशीहरुको प्रश्न त्यस्ता छन भने आम नेपालीहरुले भने बार्तामा ढिलाइ भइ रहेको गुनासो गरेका छन । बार्ताबाटै निकाश निकाल्नु पर्छ भन्ने कुरामा सात दल र माओबादी अत्यन्तै गम्भिर ढंगबाट लागेको स्पष्ट पार्दै माओबादी बार्ता टोलीका संयोजक समेत रहेका महराले भने बार्ता प्रकृयामा केहि ढिलाइ भए पनि अब छिट्टै हुने शिषर्स्थ नेताहरु बिचको बार्ता पछि सकारात्मक निश्कर्षनिस्कने आशा हामीले  गरेका छौ ।

हामी संबिधान सभाको चुनाब गरेर देशलाई शान्ति,अग्रगमन र लोकतन्त्र स्थापना गर्नु पर्छ भन्ने कुरामा सहमत छौ। अहिलेको बिबाद र झगडा भनेको कसरी शान्तिपूर्ण रुपमा संबिधान सभाको चुनाब गर्ने भन्ने हो। त्यसैका लागि दुबै पक्षलाइ मान्ने हुने गरी नेपाली सेना र माओबादी सेनाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा हामी  गम्भिर ढंगले तयारी गरी रहेका छौ अब हामी छिट्टै सकारात्मक निश्कर्षा पुग्छौ बार्ता टोलीका संयोजक  महराले बिश्बस्त हुदै भने ।

सातदलका नेता र माओबादी बिच भइरहेको आरोप प्रत्यारोपलाई स्बभाबिक रुपमा लिन आग्रह गर्दै उनले भने यस्ता आरोप प्रत्यारोपले बार्ता भाडिदैन तर अब हामीले लाइ आरोप प्रत्यारोपलाई कम गर्दै लैजानु पर्छ ।

माओबादी अध्यक्ष प्रचण्डले भारतिय राजदुतलाई भेटेर पार्टीका धारणाहरु प्रष्ट रुपमा राखेको जानकारी दिदै  उनले  नेपालको शान्ति प्रकृयालाई सकारात्मक दिशामा अगाडि बढाउनका लागि भारतलाई आफ्नो स्बार्थ भन्दा माथि उठेर सहयोग गर्न आग्रह गरेको बताए।

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

डाक्टरहरु सम्मेलन र गोष्ठिमा: रोग प्रभाबित क्षेत्रमा औषधी र डाक्टरको अभाव कायमै

Posted by admin on 1st November 2006

कृष्ण अधिकारी

नेपालगन्ज, १४ कार्तिक: बाँके जिल्लाको राप्ति पारीका चारवटा गाविसमा फैलिएको अज्ञात रोगबाट ३६ जनाको मृत्यु र पाँच सय भन्दा बढी प्रभावित भए पनि उक्त क्षेत्रमा अझै प्रयाप्त संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।

मंगलबार नेपालगन्जमा आयोजित माओवादी निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय भेला र मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको समिक्षा गोष्ठिकमा भाग लिन दर्जनौं डाक्टर र स्वास्थ्यकर्मीहरु  व्यस्त थिए ।

विरामीले डाक्टरको अभावमा ज्यान गुमाउनु परेपनि, स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. महेश मास्के र दुई दर्जन भन्दा बढी चिकित्सकहरु जनस्वास्थ्यको समिक्षा गोष्ठि र माओवादीको कार्यक्रममा भाग लिई गरिबीको रेखामुनी रहेका जनतासम्म स्वास्थ्यसेवा पुर्‍याउने भाषण गर्दै थिए । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

जग्गा फिर्ताः माओवादीको टाउको दुखाइ

Posted by admin on 13th October 2006

कृष्ण अधिकारी

माओवादीले कब्जा गरेको र्सवसाधारणको जग्गा उनीहरूलाई नै फिर्ता गर्ने भनी सात दलसँग केन्द्रमा पटकपटक भएको सहमति बर्दियामा माओवादीका स्थानीय नेताका लागि टाउको दुखाइ बनेको छ । केन्द्रका विरुद्ध बोल्न उनीहरू सक्तैनन् तर बन्दुकको भरमा कब्जा गरिएको हजारौँ बिघा जग्गा त्यसै छोड्न पनि तिनलाई मन छैन । उनीहरू अनेक बहाना बनाएर आलटाल गर्ने, देखावटी रूपमा एकदुई जनालाई जग्गा दिएजस्तो पनि गर्ने, मानिसहरू साँच्चै जग्गामा बस्न आए भने तर्साउने, धम्क्याउने र आतङ्कित पार्ने, गाउँमा टिक्न नदिने र जसरी पनि जग्गा भोगचलन गरिरहने रणनीति लिएर अघि बढिरहेका देखिन्छन् ।

जग्गा फिर्ता गर्नेबारे केन्द्रीय तहमा सहमति भएको नौ महिनापछि बल्ल गत साउन १२ गते बर्दियामा माओवादी र सात दलबीच पार्टीकार्यकर्ताको कब्जा गरिएको जग्गा फिर्ता गर्ने र विस्थापितहरूलाई ससम्मान घर फर्काउने भनी सहमति भयो । तर सोही सहमतिका आधारमा मोतिपुरस्थित आफ्नो घर फर्किएका काङ्ग्रेसी कार्यकर्ता सुशील ज्ञवालीको भदौ १ गते माओवादी कार्यकर्ताले हत्या गरे । सुशील हत्याकाण्डको विरुद्ध हजारौँ जनता सडकमा उत्रिए र माओवादीको विरोधमा खनिए । वर्षौंसम्म आतङ्कित बनाएर राखेका जनता आफ्नै विरुद्ध सशक्त ढङ्गले सडकमा उत्रेपछि उनीहरू स्तब्ध भए । त्यसपछि जनतालाई तर्साउन उनीहरूले सात दललाई चर्को गाली गरे । माओवादीका स्थानीय नेता अथकले त युद्धविराम नै भङ्ग गर्नेसम्मको चेतावनी दिए । उक्त घटनाका सम्बन्धमा सात दलले माफी नमागेसम्म वार्तामा पनि नबस्ने बताउँदै माओवादीहरू अहिले ढुक्कसँग बसेका छन् । त्यतिन्जेलसम्म कब्जा गरिएका जग्गा फिर्ता गर्ने र विस्थापितहरूलाई घर फर्काउने कुरो थन्किएकाले उनीहरूको टाउको दुखाइ केही हलुका भएको छ । बर्दियामा एमालेका उपसचिव हरि ज्ञवाली भन्छन् “सहमति कार्यान्वयनको कुरो अहिले टाढा पुगेको छ ।” Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 1 Comment »

बन्दुक बोक्ने हातमा कुचो र कोदालो

Posted by admin on 13th October 2006

कृष्ण अधिकारी

नेपालगन्ज, २५ असोजः बन्दुक बोकेर सशस्त्र युद्धमा लडेका माओबादी जनसेनाहरु कुचो र कोदालो लिएर सरसफाई अभियानमा लागेका छन् । माओवादीको नगर परिषद नेपालगन्जको आयोजनामा शुरु गरिएको सरसफाई अभियानमा माओवादीका जनमुक्ति सेनाहरु कुचो र कोदालो लिएर लागेका हुन् ।

सरसफाइ अभियानमा माओवादीको जनमुक्ति सेना, पार्टी सत्ताका कार्यकर्ताहरु विभिन्न समूह बनाई नेपालगन्ज नगरमा खटिएका छन् । माओवादीका जनमुक्ति सेना विजय, बन्दुक बोक्ने हातमा कुचो र फरुवा बोक्दा युद्ध बिराम पछि आफ्नो भुमिका बद्लिएको बताउनुहुन्छ - हामी जनताको हितको निमित्त सबै कुरा गर्र्छौं । अहिले कुचो र कोदालो बोकेर जनताको हित हुने देखेर यस अभियानमा लागेका छौं।

चार सय भन्दा बढी जनमुक्ति सेनाहरु खटिएको माओवादीको घोराही सतबरिया ब्रि्रेड कमिसार साकारले बताउनु भयो । उहाँ भन्नु हुन्छ - हाम्रो जनमुक्ति सेना जनताको सेवाको लागि हो, जनतालाई आवश्यक पर्‍यो भने बन्दुक बोक्न पनि तयार हुन्छ । तर यो सधैको लागि बन्दुक बोक्ने सेना भने होइन, जनताको सेवा गर्ने सेना हो । उहाँले जनमुक्ति सेना रक्षाको लागि मात्र होइन राष्ट्रिय र समाजको सेवाको लागि सधै निर्माण भएको बताउनु भयो । माओवादी कार्यकर्ता विपना आफुलाई नगर सरसफाई गर्दा जनताको सहयोग पाइने, शहर पनि राम्रो हुने र आफुलाई पनि राम्रो लाग्दो रहेछ । अहिले नेपालगन्जका सडकहरुमा कुचो लगायत सरसफाई गर्ने, नालीहरु सफा गर्न माओवादीका जनमुक्ति सेना लगायत कार्यकर्ताहरु खटिएर लागेका छन् । सरसफाई अभियानमा लाग्दा जनताको सहयोग र हौसला समेत पाएको माओवादीका बाँके सेक्रेटरी हिमालले बताउनु भयो ।

जनआन्दोलनको क्रममा वैशाख ५ गते भत्काइएको राजा ज्ञानेन्द्रको शालिकको भग्नावशेष समेत हर्टाई सोही ठाऊमा जनआन्दोलमा सहिद भएकी सेतु विकके शालिक  निर्माण  गरिने माओवादी जनाएको छ ।

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

बाकेमा ब्यापक बन बिनाश

Posted by admin on 1st July 2006

बन बिनाशमा संलग्नहरु माथि कुनै कारबाही भएन

कृष्ण अधिकारी

नेपालगन्ज । बाकेले जिल्लाको पर्ुर्बि क्षेत्रका २३ बटा सामुदायिक बन र सरकारी बन बिनाश भएको घटना र्सार्बजनिक भएको एक महिना बिति सक्दा पनि संलग्नहरु माथि सरकारले कुनै कारबाही गरेको छैन ।

माओबादीको आधार इलाका मानिने उक्त क्षेत्रमा ७ महिना यता बन माफीयाले बन कर्मचारी र माओबादीसंगको मिलेमतोमा सरकारी र समुदायीक वनबाट साल सिसौ र खयरका हरिया रुख योजनाबद्ध ढंगले काटन सुरु गरेका हुन । यो अबधिमा ९४ हजार क्यु फुट भन्दा बढी काठ काटिएको छ ।

फडानीमा वन कर्मचारी,बन माफिया ,माओबादीका केही स्थानीय नेता र उपभोक्ता समितिका पदाधिकारीको समेत मिलोमतो रहेको देखिएको छ ।

मिलोमतोमा सरकारी जंगल हस्तान्तरण गरेको ५ दिनमै वन कार्यालयले हरिया साल,सिसौ र खयर कटान अनुमति दिएको थियो । उपभोक्ताले सामुदायिक बन दर्ता गरिदिनु पर्‍यो भन्दा नगर्ने वन कार्यालयले माओबादीले तोकिदिएका ठेकेदारले भन्नासाथ सरकारी वन हस्तान्तरण गरेको थियो । माओबादीले ठेकेदारलाई सामुदायीक वनका रुख काटन दिन समूहलाई दवाव दिएकाले अनियन्त्रित वन फडानी भएको हो । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | No Comments »

माओवादी र सातदलको संयुक्त जनप्रदर्शन

Posted by admin on 2nd April 2006

कृष्ण अधिकारी

नेपालगन्ज, १९ चैत्र - नेपाल मै पहिलो पटक माओवादी र सातदलले बाँकेमा संयुक्त जनप्रदर्शन र जनसभा गरि मुलुकमा निरंकुश राजतन्त्रको अन्त्य नभएसम्म माओवादी र सात दल वीच कायम भएको एकता टुट्न नदिने प्रतिबद्धता ब्यक्त गरेका छन । माओवादी र सात दलका स्थानिय नेताहरुले बाँकेमा लोकतान्त्रिक जनपरिचालित समिति नै गठन गरि संयुक्त प्रदर्शन र जनसभा गरेका हुन ।

spa_maoist_demo_25pc.jpg
Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 2 Comments »

कस्तो छ, माओवादीको जनवादी विद्यालय

Posted by admin on 21st March 2006

कृष्ण अधिकारी

रोल्पाको थवाङ स्थित शहिद स्मृति नमूना प्राथमिक विदालयका प्रधानाध्यापक अनुलाई आजकाल एउटै चिन्ताले पिरोहल्न थालेको छ । त्यो हो ‘जनवादी शिक्षा’ बालबालिकालाई कसरी सहज ढंगबाट पठनपाठन गराउने ।

माओवादीले आफ्नो ‘राजधानी’ भन्दै आएको रोल्पाको थवाङमा २०६१ फागुन देखि जनवादी स्कुल संचालन गरेका छन् । ४ देखि १३ वर्षका ४९ बालबालिकालाई जनवादी शिक्षा पठाउन रोका र उनका अन्य २ सहयोगी लागि परेका छन् ।

तर पर्याप्त प्रशिक्षण र पाठ्यपुस्तकको सम्म व्यवस्था नहुादा जनवादी शिक्षाको उद्देश्य पुरा गर्नका लागि बालबालिकाहरु लाई दिइने ज्ञान र त्यस्तो ज्ञान प्रदान गर्दा प्रयोग गर्ने विधी र अनुभवहरु उद्देश्य अनुसार बालबालिकाहरुले पाएका छन् या छैनन् भन्ने कुरामा प्राध्यापक अनु आफै प्रष्ट भइसकेका छैनन् । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 4 Comments »

माओबादीको राजधानी

Posted by admin on 6th March 2006

कृष्ण अधिकारी

रोल्पा। रोल्पाको थबाड पुग्ने गलच्योल नाकामा कुनै अपरिचित ब्यक्ति देख्नासाथ  ५० बषिर्य तिर्खा झार्की चनाखो देखिन्छन । र को कताबाट आएको भनेर सोधपुछ शुरु गर्छिन । बिडिको सर्को तान्दै ,भाडको धागो बनाउदै  बसिरहेका ती अपांग बृद्धलाई देख्दा बिश्वास नै गर्न गाह्रो हुन्छ, उनी माओबादीद्धारा खडा गरिएको गलच्योल कबिता चेक पोष्टमा ड्युटी गरिरहेका छन् भनेर । हालसालै डाडामा बनाइएको सानो चौतारोमा बसेर मनोरम हिमाल हेर्दै  दिन बिताउने उनको अुहारमा भने कुनै खुसी देखिदैन ।

उनीसंगै ड्युटीमा रहेकी ५३ बर्ष्र्िया कर्मी बुढा भने अलि उत्सुक भएर   अपरिचतसंग कुराकानी गरिरहेकी हुन्छिन ।  उनका तीन बटै  छोरा र हुर्किसकेका नाती घरमा छैनन् । घरमा छोरा नाती नभएपछि बुढेशकालमा आफै डिउटीमा आउनु परेको बताउदै उनि कुरा खोल्छिन् प्रत्येक घरबाट एक जनाका दरले पालैपालो चेक पोष्टमा डिउटी गर्नु पर्ने नियम लगाईदिएका छन । डिउटीमा नजानेलाई कारबाही हुन्छ । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 1 Comment »

माओबादीले फेरी गल्ती स्वीकारे

Posted by admin on 4th March 2006

कृष्णअधिकारी

नेपालगन्ज २० फागुन । झापा जिल्लाको दमक नगरपालिकामा रहेका सरकारी कार्यालयमाथि फाल्गुण १८ गते साँझ बिस्फोट गर्नेक्रममा संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित खाद्य गोदाममा भुलबस ग्रिनेड विस्फोटन हुन गएको माओबादी ले बताएका छन ।

माओबादीका मेची उप ब्युरोका इर्न्चाज राजेन्द्रले शनिबार एक बिज्ञत्ती जारी गर्दै संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित कुनै पनि संघ संस्थाहरुमा आक्रमण गर्ने नीति पार्टीको नभएको प्रष्ट पारेका छन । गत बिहिबार माओबादीले झापाको दमक स्थित संयुक्त राष्ट्र संघिय बिश्व खाध्य कार्याक्रम को शरणार्थी सहायता कार्यालयमा समेत बिस्फोट भएको थियो । उक्त संस्थाप्रति माओबादी पार्टीले मित्रवत व्यवहार रहने विस्वास दिलाउँदै उनले भनेका छन - भुलवस हुन गएको उक्त विस्फोटनप्रति हामी आफैं आलोचित हुन चाहन्छौं ।

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 1 Comment »

फासिवादी सत्ताको ढाड भाँचिदिएको माओबादीको दाबी

Posted by admin on 3rd March 2006

कृष्ण अधिकारी

रुपन्देही, पाल्पा, अर्घाखाँची र गुल्मीका बिभिन्न क्षेत्रमा भएका भिडन्तमा ३५ शाही नेपाली सेनाको र ११ जना माओबादी को  मृत्यु भएको छ ।

जनमुक्ति सेना, नेपालका डेपुटी कमान्डर प्रभाकरले शुक्रबार एक बिज्ञत्ती जारी गरी उक्त घटनामा चार दर्जनभन्दा बढी शाही नेपाली सेनाका घाइते भएको बताउँदै तीनगिरे कार्वाहीबाट माओबादी ले जीपीएमजी एकथान, मिनिमी जीपीएमजी एक थान, एम-१६ छ थान, इन्सास नौ थान, एसएलआर आठ थान, टु इञ्च मोर्टार दुई थान, ९० वटा झोला र सोमा भएको करिब ५० हजार थान गोलीका साथ ग्रिनेडहरु कब्जा भएको बताएका छन । सो घटनामा जनमुक्ति सेनातर्फ बटालियन कमाण्डर मण्डप लगायत आठ जना र हवाइ आक्रमणमा परी तीन गरी जम्मा ११ जनाको मृत्यु  भएको छ । अर्को दिन नजिकै गाउँमा सुतिरहेको जनसेनाको नौ जनाको एक टुकडीलाई तीन वटा राइफल, एक सटगन र एक टुवेल्भर सहित शाही सेनाले  जिउँदै कब्जामा लिएको बताउदै उनीहरुको अबस्था हालसम्म अज्ञात रहेको उनले बताएका छन । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 2 Comments »

राज्य मानवअधिकार उल्लघंनका घटनाहरु प्रति गम्भिर नदेखिएको आरोप

Posted by admin on 2nd March 2006

कृष्ण अधिकारी

नेपालगञ्ज, १८ फागुन, राज्यले मानवअधिकार उल्लघंनका घटनाहरु प्रति आवश्यक गम्भिरता नदेखाएको नेपाल स्थित संयुक्त राष्ट्र संघिय उच्च आयुक्तको कार्यालयले जनाएको छ ।
नेपालगन्ज स्थित उच्च आयुक्तको क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रतिनिधिहरुले कुनै पनि घटनाको सम्बन्धमा राज्यले आवश्यक गम्भिरता र स्वतन्त्रपूर्वक अनुषन्धान गरिरहेको कुरामा विश्वास गर्ने आधार नभएको बताएका छन् । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 2 Comments »

माओबादीले ट्याङकरहरु नियन्त्ररण लिँदा गल्ति भएको स्विकार

Posted by admin on 2nd March 2006

कृष्ण अधिकारी

नेपालगन्ज,१८ फागुन- नेपालगन्ज बाट दाङका लागि पेट्रोल, डिजल र मटितेल लिएर जादै गरेको अबस्थामा गत शनिबार बाकेको महेन्द्र राजमार्गमा पर्ने खैरी खोला नजिकबाट नियन्त्रणमा लिएका नौ वटा टयाङकर नियन्त्रणमा लिदा गल्ति भएको स्विकार गर्दै माओबादीले ट्याङकर धनीलाई क्षतिपुर्ति बापत १ लाख ५० हजार रुपैया दिएर टयाङकरहरु  बिहिबार छाडिदिएका छन ।

गलत सुचनाका कारण  ब्यबसायीहरुको तेल भएको टयाङकर नियन्त्रणमा लिएको  बताउँदै माओबादीले ट्याङकर धनीलाई क्षतिपुति बापत १ लाख ५० हजार रुपैया दिएर टयाङकरहरु  बिहिबार छाडिदिएको  इन्सेक नेपालगन्जका प्रमुख भोला महत ले जानकारी दिनु भयो । Read the rest of this entry »

Posted in नेपाली भाषामा, कृष्ण अधिकारी | 1 Comment »