Audio Blog: नमस्ते माटसाप - ३
Posted by admin on 7th March 2006
Posted in नेपाली भाषामा, Audio, विवशको ब्लग | 3 Comments »

नमस्ते माट्साप
Posted by admin on 7th March 2006
Posted in नेपाली भाषामा, Audio, विवशको ब्लग | 3 Comments »
Posted by prasai chandra on 17th February 2006
नमस्ते माटसाप,
गाको हप्तां तपांईलाई चिठ्ठी लेख्याथें माटसाप । खुला चिठ्ठी भाको हुनाले तपाईकोसम्म आई पुग्दा धेरैले पढ्नु भएछ, खुशी लाग्यो माटसाप, कतीले प्रतिक्रीया पनि राख्नु भा रै छ, त्यसैले अर्दा आजको चिठ्ठीमा म अलिकती त्यसैका बारेमां टिप्पणी अरौं ल माटसाप ।
देशां मायां देशां बस्दा भन्दा टाढा बस्दा बढी लाग्ने रै छ माटसाप । लामै समय बाहिर बसे पनि नेपाल अझै छातिभित्र टपक्क टांसियाछ माटसाप । तपांईले पढांउदा भन्नु हुन्थो, हेर बाबु हो , तिमीहरु भन्या देशका युवाशक्ति हौ , एउटा कुरा सधै हेक्का राखे बाओ , नेपाली भाको नाताले तिमेरको आप\mनो जन्मभूमि प्रति ठूलो दायित्व रहन्छ बाओ । सकेसम्म देशका लागि राम्रो काम अरेस, सयवटा नराम्रा कामभन्दा एउटो राम्रो काम अर्नु वेश हुन्छ । माध्यामिक तहको अध्ययन कै बेलां पनि स्व. वि. यु. मा रहेर काम अर्दा तपांईले सधै भन्नुहुन्थ्यो, तिम्रा राजनिति अर्ने बेला भा छैन , पढ्नु पर्छ बाओ भनेर । चालीसको बर्षमा आईपुग्दा पनि तपाईका नि अर्तीहरु विस्र्या छैन माटसाप । Read the rest of this entry »
Posted in नेपाली भाषामा, विवशको ब्लग | 4 Comments »
Posted by prasai chandra on 5th February 2006
नमस्ते माटसाप,
दुई दशकको अन्तरालां तपांई लाई चिठ्ठी लेख्दैछु । माटसाप, धेरै भयो विदेशिएको पनि, सुन्छु अचेल त विदेशीने लहर नै चल्याछ रे नेपालां । रिन, धन जे जस्तो गरी भए पनि सके अमरीका, बेलायत युरोप नसके अरब खाडी, नभए मलेशियासम्म भएपनि जानै पर्ने बाध्यता छ रे , कति त भए भरको जेथो, जग्गा बेचेर विदेश जाने चक्करां परेर घर न घाटको भा छन् रे, घाँटी रेटेर नेपालीहरुको निर्मम हत्या गरीएको अस्त ब्यस्त मुलुकां पनि नेपालीहरु ज्यानको बाजी थापेर गईराछन् रे , रात दिन जोतीराछन् रे, नगएर पनि के गरुन त माटसाप ? आफ्नै देशमा पनि मरीने र बाँचीने टुगों छैन । गाउँ, अब त्यो पहिलको जस्तो गाउँ रहेन रे हैन त माटसाप ? न शान्ति छ, न त जिउ ज्यानको सुरक्षा । बिचरा निसहाय गाउँलेहरु घरबारी, पुर्खाको थलो छाडेर शहर पसीराछन् रे , रानधानीको जनसंख्या बढ्ने क्रम तिब्र छ रे , महंगी को त कुरै नगरौं, हैन त माटसाप । घरभाडा पनि धुरीमा चर्या होला । सुन्छु, दुई ढुगोंको तरुल, नेपाल र त्यस्का जन्ता, नेपालीहरु अब त आफ्नै देशां पनि उग्रबादी र अधिनायकबादी शक्ति बिचको तरुल भाछन् रे, एउटालाई खशी बनाउ, अर्कोले मार्ने, कस्ताई खुशी पार्ने, कस्को समर्थन गर्ने, जताततैबाट चोट पाउने जन्ता नै हैन त माटसाप ? Read the rest of this entry »
Posted in नेपाली भाषामा, विवशको ब्लग | 5 Comments »