माटसापलाई चिठ्ठी
नमस्ते माटसाप,
दुई दशकको अन्तरालां तपांई लाई चिठ्ठी लेख्दैछु । माटसाप, धेरै भयो विदेशिएको पनि, सुन्छु अचेल त विदेशीने लहर नै चल्याछ रे नेपालां । रिन, धन जे जस्तो गरी भए पनि सके अमरीका, बेलायत युरोप नसके अरब खाडी, नभए मलेशियासम्म भएपनि जानै पर्ने बाध्यता छ रे , कति त भए भरको जेथो, जग्गा बेचेर विदेश जाने चक्करां परेर घर न घाटको भा छन् रे, घाँटी रेटेर नेपालीहरुको निर्मम हत्या गरीएको अस्त ब्यस्त मुलुकां पनि नेपालीहरु ज्यानको बाजी थापेर गईराछन् रे , रात दिन जोतीराछन् रे, नगएर पनि के गरुन त माटसाप ? आफ्नै देशमा पनि मरीने र बाँचीने टुगों छैन । गाउँ, अब त्यो पहिलको जस्तो गाउँ रहेन रे हैन त माटसाप ? न शान्ति छ, न त जिउ ज्यानको सुरक्षा । बिचरा निसहाय गाउँलेहरु घरबारी, पुर्खाको थलो छाडेर शहर पसीराछन् रे , रानधानीको जनसंख्या बढ्ने क्रम तिब्र छ रे , महंगी को त कुरै नगरौं, हैन त माटसाप । घरभाडा पनि धुरीमा चर्या होला । सुन्छु, दुई ढुगोंको तरुल, नेपाल र त्यस्का जन्ता, नेपालीहरु अब त आफ्नै देशां पनि उग्रबादी र अधिनायकबादी शक्ति बिचको तरुल भाछन् रे, एउटालाई खशी बनाउ, अर्कोले मार्ने, कस्ताई खुशी पार्ने, कस्को समर्थन गर्ने, जताततैबाट चोट पाउने जन्ता नै हैन त माटसाप ?
वर्षौंसम्म के के न गर्छु भनेर उप|mीने नेताज्यूहरु पनि आफ्नै भूंडी भर्न थाल्नाले अब चै गाऔं पस्न नसक्ने भा छन् रे, जन्ताको सुख दुःखमा साथ दिंउला देश बिकास गरौंला, भनेर चुनव जिते, सत्तां गए, तर “काम कुरो एकातिर कुम्लोबोकी ठिमी तिर” भन्या जस्तै आफ्नै दुनो सोझ्याउन थाले, चिया खाने पैसोसम्म खल्तीमा नहुने नेता ज्यूहरु अहिले पजेरो चढ्छन रे, बेंकां पैसो नअटाएर पानीट्यांकीमा राख्छन रे । शहीदको रगतको कत्रो बेवास्ता, हैन त माटसाप ? त्यत्रो पैसो कांबाट आहोला कुन्नी ? गुदीको कुरो हामी जस्ता सोझालाई के था ? उनीहरु भन्दैनन् कानुनले सोच्दैन, अख्तियारले आफैलाई ओखती गर्दैछ होला क्यार ? छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी, विचरा निमुखा जन्तालाई भने दुई छाक टार्न धौ धौ । पैसो कमाउन मानसायले कर्मठ युबा मात्रै विदेशीएका छैनन्, नेताहरु प्नि विदेशीराछन् , कलाकारहरु विदेशी राछन् ।
नेताहरु यहाँ पनि आउछन् माटसाप, भाषण छाट्छन्, प्रजातन्त्रको दुहाई दिन्छन्, सानातिना नेताहरु यतै घरजम गरि बस्छन्, शरणार्थी बन्छन्, ठूला नेता नेपाल फर्किन्छन् । मिल्ने भए, लाज नलाग्ने भए ती पनि फर्किदैनथे माटसाप । दुताबासां भिसा दिनेलाई पनि मुश्कील, छुट्याउनै गाहृो, को फर्केला ? को साचों हो भन्नै नसकीने । अस्ती भर्खरै एउटा सभामा एकजना नेता ज्यूले भन्नु भो, कपालां जुम्रो पर्यो भनेर टाउको काट्न मिल्दैन, प्रजातन्त्र भन्या टाउको हो । अचम्मै हैनत माटसाप, टाउको काटे त मरिहालिन्छनी, कपाल काटे के विग्रीन्छ र, टाउको भरी जुम्रा पर्यो भने ।
ओखती गर्दा पनि, जुम्रा मरेन भने कपाल काटे भो नी, नयाँ कपाललाई पनि त मौका दिनु पर्यो नी, हैन त माटसाप ? अर्कातिर चै सुन्छु सर्बहाराको नेतृत्व हुनु पर्यो भनेर गणतन्त्रको लागि आन्दोलन गरि राछन् रे, ति सोझा जन्तालाई के थाहा ? के प्रजातन्त्र हो के गणतन्त्र ? “मह” जोडीले भन्या जस्तै प्रजातन्त्र पनि जस्तो जस्तो खल्ती र आकारमा राख्यो, उस्तै उस्तै हुन्छ रे , अनी अहिले हुन लाग्या चुनावां पनि प्रजातन्त्र छ र माटसाप ?
लाटाको पनि दिन आउँछ भन्थे, त्यै भा होला । लाटो देशां गाडों तन्नेरी, उग्रबादीको डरले कोही नउठेपछि, जस्को शक्ति उस्को भक्ति, जुठे पनि नेता भा छ रे , बुद्धीजीवीहरु बहिस्कारां लाग्या छन् । नलागुन पनि किन ? महको लागी चुनाब भा हैन , खाली रहल पहलको लागि देखाउने चुनावां लागेर के हासिल होला र ? खै सतीले सराप्या हो की क्या हा ? जन्ताले कहिले सुखको सास फेर्लान कहिले शान्ति आउला ? तपाईले बाह्रखरी पढांउदा क पछि ख आउँछ भन्नुहुन्यो । अब नेपालां के आउला त माटसाप ? कहिले विदेशीने लहर घट्ला ? कहिले दुधको दुध, पानीको पानी होला ? जुठो पर्दा चोखाए जस्तै माटसाप, लुट्नु लुटेपछि नकद दिएर चोखिनेहरुलाई कहिले कार्वाही होला ? नैतीकवान नेताहरुको कहिले कदर होला? नेताहरुको धैटोमा कहिले घाम लाग्ला? सम्रमा नेपाल कहिले उन्नतीको बाटोमा लम्कला माटसाप ? आजलाई यती नै, अर्को चिठ्ठीको प्रतीक्षा गर्नुहोला र फुर्सद भए उत्तर पाउँ ल माटसाप । तपाइको विद्यार्थी
- विवश, विदेशबाट
February 5th, 2006 at 7:11 pm
सानातिना नेताहरु यतै घरजम गरि बस्छन्, शरणार्थी बन्छन्, ठूला नेता नेपाल फर्किन्छन् । मिल्ने भए, लाज नलाग्ने भए ती पनि फर्किदैनथे माटसाप ।
and लाटो देशां गाडों तन्नेरी,
we have another saying in Nepali:
अरूको टाउको जुम्रा केलाउने, आफ्नो ढाडमा भैंसी नदेख् ने
Mr Bibash from Bidesh - why, when you are living abroad yourself, lament about others trying to go abroad as well? Though I don’t have high regard for those so-called leaders myself, I know for a fact that THEY DID DO SOMETHING while they were still in Nepal, they did contribute - either in constructive or distructive ways. But please look at yourself and ask what have you done - before you ask why others opt to leave Nepal and settle elsewhere. They all survived 20 more years in Nepal than you did.
February 6th, 2006 at 8:17 pm
Ke ho bibash, Afule gareko kam chahi thik aru lai tehi kam garda ……….
yo ta timro hadai swarthi pan bhayo hai.
February 7th, 2006 at 8:01 pm
Its really an excellent presentation of the current scenario.
Great work………..everything has been wrapped up in a really literary form.
I think bloggersnepal is gradually contribution to the freedom of speech of Nepal
February 8th, 2006 at 2:30 am
well written विवश, keep writing. But will they really try to understand the gravity of the situation??
February 8th, 2006 at 6:26 am
It is indeed well written. He does not say people should not immigrate or go out of the country. Probably when he lived in Nepal, it was a matter of choice. Many had turned down their opportunity in the west and opted to live in their home country. But now the people somehow want to leave the country. One wants to go anywhere but not live in Nepal if one could….. Its the intense feeling of people of Nepal to find peace and security somewhere else…. that is what he meant. Moreover, leaders of tomorrow need to be groomed today and the country needs leaders at all levels of government. Isn’t a leadership crisis what really ails Nepal today? Where are the leaders that Nepalis can trust to deliver them from tyranny of all sorts?