डाक्टरहरु सम्मेलन र गोष्ठिमा: रोग प्रभाबित क्षेत्रमा औषधी र डाक्टरको अभाव कायमै

Posted by admin on November 1st, 2006

कृष्ण अधिकारी

नेपालगन्ज, १४ कार्तिक: बाँके जिल्लाको राप्ति पारीका चारवटा गाविसमा फैलिएको अज्ञात रोगबाट ३६ जनाको मृत्यु र पाँच सय भन्दा बढी प्रभावित भए पनि उक्त क्षेत्रमा अझै प्रयाप्त संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।

मंगलबार नेपालगन्जमा आयोजित माओवादी निकट स्वास्थ्यकर्मीहरुको राष्ट्रिय भेला र मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको समिक्षा गोष्ठिकमा भाग लिन दर्जनौं डाक्टर र स्वास्थ्यकर्मीहरु  व्यस्त थिए ।

विरामीले डाक्टरको अभावमा ज्यान गुमाउनु परेपनि, स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. महेश मास्के र दुई दर्जन भन्दा बढी चिकित्सकहरु जनस्वास्थ्यको समिक्षा गोष्ठि र माओवादीको कार्यक्रममा भाग लिई गरिबीको रेखामुनी रहेका जनतासम्म स्वास्थ्यसेवा पुर्‍याउने भाषण गर्दै थिए ।

महामारी फैलिएको क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदा जनस्वास्थ्यले डाक्टर नपाएको कुरा जनस्वास्थ्य कार्यालयका प्रमुख जयबहादुर कार्की भन्दै हुनुन्थ्यो तर दर्जनौं डाक्टरहरु भने माओवादीको स्वास्थ्यकर्मीहरुको भेलामा बोल्न पाएकोमा गर्ववान्वित महशुष गरिरहेका छन् ।

पूर्व कोशि अञ्चल देखिका धेरै डाक्टरहरु त माओवादीको कार्यक्रम शुरु हुनु भन्दा दुई घण्टा पहिलै कार्यक्रम स्थलमा पुगि सकेका थिए ।

महामारी प्रभावित क्षेत्रमा जानकै लागि फुर्सद नपाएका करिब एक दर्जन डाक्टरहरु माओवादीको कार्यक्रममा दिनभरी व्यस्त थिए । कोही समिक्षा गोष्ठिको नाममा आफुहरु एक ठाउँमा जम्मा हुन पाएकोमा मिठामिठा गफ छाटीरहेका थिए । नत समिक्षा गोष्ठिमै महामारी प्रभावित क्षेत्रको सम्बन्धमा चिन्ता गरे,  न त सधै जनताकै पक्षमा जनयुद्ध गरेको भन्दै आएको माओवादी पार्टीका नेताहरुले नै महामारी क्षेत्रको बारेमा नै कुरा उठाएका थिए ।

Leave a Reply

You must be logged in to post a comment.