बार्ता देखेर बिदेशीहरु अचम्म: महरा
Posted by admin on November 3rd, 2006
कृष्ण अधिकारी
नेपालगन्ज १७ कार्तिक , नेपालमा सत्तारुढ सात दल र माओबादीका शिषर्स्थ नेताहरु बिच मध्यस्तकर्ता बिनानै हार्दिकता पूर्बक बार्ता भइरहेको देखेर बिदेशीहरु अचम्ममा परेको माओबादीका प्रबक्ता कृष्ण बहादुर महराले बताएका छन ।
पहिलो पटक बिदेश भ्रमण गरेर स्बदेश फर्किए लगत्तै बाके जिल्लाको कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा महराले भने संसार मै नभएको शसस्त्र युद्ध गरिरहेको पार्टीको अध्यक्ष नै सत्तारुढ सात दल शिषर्स्थ नेताहरु संग प्रधानमन्त्रि कै निबासमा पुगेर पटक पटक हार्दिकता पूर्बक बार्ता गरेको देखेर बिश्बका चर्चित द्धन्द बिशेषज्ञहरु पनि छक्क परेका छन । धेरै बिदेशीहरुले सोधे यो कसरी सम्भब भयो भनेर।
हिजोका दिन सम्म एक अर्कालाई देख्न पनि नसक्ने पार्टिका नेता र सरकार बिच बिदेशीहरुको मध्यस्तता बिना नै बार्ता गरेर सकारात्मक यति छिटटै तिमीहरु कसरी निकाशमा पुग्ने अबस्थामा आइपुग्यौं आफुलाई धेरै बिदेशीहरुले यस्तै प्रश्न सोध्ने उनले बताए ।
एकातर्फ बिदेशीहरुको प्रश्न त्यस्ता छन भने आम नेपालीहरुले भने बार्तामा ढिलाइ भइ रहेको गुनासो गरेका छन । बार्ताबाटै निकाश निकाल्नु पर्छ भन्ने कुरामा सात दल र माओबादी अत्यन्तै गम्भिर ढंगबाट लागेको स्पष्ट पार्दै माओबादी बार्ता टोलीका संयोजक समेत रहेका महराले भने बार्ता प्रकृयामा केहि ढिलाइ भए पनि अब छिट्टै हुने शिषर्स्थ नेताहरु बिचको बार्ता पछि सकारात्मक निश्कर्षनिस्कने आशा हामीले गरेका छौ ।
हामी संबिधान सभाको चुनाब गरेर देशलाई शान्ति,अग्रगमन र लोकतन्त्र स्थापना गर्नु पर्छ भन्ने कुरामा सहमत छौ। अहिलेको बिबाद र झगडा भनेको कसरी शान्तिपूर्ण रुपमा संबिधान सभाको चुनाब गर्ने भन्ने हो। त्यसैका लागि दुबै पक्षलाइ मान्ने हुने गरी नेपाली सेना र माओबादी सेनाको ब्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा हामी गम्भिर ढंगले तयारी गरी रहेका छौ अब हामी छिट्टै सकारात्मक निश्कर्षा पुग्छौ बार्ता टोलीका संयोजक महराले बिश्बस्त हुदै भने ।
सातदलका नेता र माओबादी बिच भइरहेको आरोप प्रत्यारोपलाई स्बभाबिक रुपमा लिन आग्रह गर्दै उनले भने यस्ता आरोप प्रत्यारोपले बार्ता भाडिदैन तर अब हामीले लाइ आरोप प्रत्यारोपलाई कम गर्दै लैजानु पर्छ ।
माओबादी अध्यक्ष प्रचण्डले भारतिय राजदुतलाई भेटेर पार्टीका धारणाहरु प्रष्ट रुपमा राखेको जानकारी दिदै उनले नेपालको शान्ति प्रकृयालाई सकारात्मक दिशामा अगाडि बढाउनका लागि भारतलाई आफ्नो स्बार्थ भन्दा माथि उठेर सहयोग गर्न आग्रह गरेको बताए।
